
जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ फाल्गुण
नेपाल प्याब्सन धनुषाले ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलमा होलि शुभकामना आदान प्रदान कार्यक्रम मनाएको छ ।
नेपाल प्याब्सन जनकपुरधाम नगर समितिको अध्यक्ष पंकज ठाकुरको
अध्यक्षता,जिल्ला अध्यक्ष विनोद यादव,जिल्ला सचिव मुरारी लाल कर्ण, नगर सचिव पवन कुमार साह,नगर सदस्य,बसन्त यादव,राजाराम यादव,ुसुृरेन्द्र प्रसाद साह,राकेश नागवंशी,सुनिल साह,संतोष साह,वरिष्ठ सल्लाहकार ब्रज
किशोर यादव,अतिथि सुनिता यादव लगायतका गरिमामय उपस्थितिमा सो कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा होलिको शुभकामना आदान प्रदान
गरिनुका साथै संगठन विस्तार तथा सबलिकरणका बारेमा समेत छलफल गरिएको थियो । हिन्दुहरुको महान पर्व होलिको अवसरमा नेपाल प्याब्सनका
सदस्यहरुले जोगिरा सरा रारा लगायतका विभिन्न गीतहरु गाएर तथा नृत्य गरेर होलिको शुभकामना एक अर्कालाई सटासाट गरेका थिए । कार्यक्रममा नेपाल
प्याब्सनको वरिष्ठ सल्लाहकार ब्रज किशोर यादवले नेपाल प्याब्सनका समस्त नगर तथा जिल्ला समितिलाई होलिको शुभकामना दिनुको साथै उत्तरोत्तर
प्रगतिको कामना गर्नु भएको थियो भने आयोजक ज्ञान गंगा ईन्टरनेशनल
पब्लिक स्कुलको प्रधानाध्यापक तथा नेपाल प्याब्सनको नगर सचिव पवन कुमार साहलाई समेत विशेष धन्यबाद दिनु भएको थियो । त्यसैगरी अन्त्यमा सचिव
साहले नेपाल प्याब्सनका सम्पूर्ण सदस्यहरुलाई होलिको शुभकामना दिदै सबै प्रति आभार प्रकट गर्नु भएको थियो ।