मेयर मनोज बने २०७९ को महामुर्ख – Jaleshwortoday

मेयर मनोज बने २०७९ को महामुर्ख

 २३ फाल्गुन २०७९, मंगलवार २१:०५  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ फाल्गुण

महामुर्ख २०७९ सालको उपाधी जनकपुरधामका मेयर मनोज कुमार साहलाई प्रदान गरिएको छ ।

जनकपुरधामको मिथिला नाट्य कला परिषद मिनापले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामुर्ख सम्मेलनको क्रममा यस वर्षको महामुर्खको उपाधी मेयर साहलाई प्रदान गरिएको छ ।

कांग्रेसमा आवद्व उनी मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्र लडेर जितेको र जनकपुरधाम नगरको फोहर, लामखुट्टे जस्ता समस्या समाधानको जोखिमको बोझ बोकेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजक मिनापले जनाएको छ ।
उनलाई उल्लु स्वरुपको टोपी र परवलको माला लगाएर सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान मधेश सरकारकी उद्योग, पर्यटन वत तथा वातावरण मन्त्री सुनिता यादवले सम्मान गरेकी छिन् । मिथिलाको संस्कृती, संस्कार र सभ्यताको जोडा नरहेको बताउदै मेयर साहले होलीको शुभकामना व्यक्त गरेका छन् ।

साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरु गरि विभिन्न अन्य कुल १३ जनालाई विभिन्न शिर्षकको मुर्खको उपाधिले सम्मानित गरिएको छ । विभिन्न शिर्षकमा मुर्खको उपाधि पाउनेहरु अन्य १२ विशिष्ठ व्यक्तिहरुमा पत्रकार श्रृषि धमलालाई पटमुर्ख , पुर्व डिई रत्नेश्वर लाल कणर्लाई डपौर शंख, महोतरी मठिहानीका मेयर हरिप्रसाद मण्डललाई बैशाखानन्दन, नेतृ विभा ठाकुरलाई गणपसारि, वनका कर्मचारी लालबाबु यादवलाई हराशंख, अधिवक्ता रेखा झालाई सिलौट शंकर, याज्ञवल्क्य विद्यालयका प्रअ संजय कुमार झालाई खपसुरता, खेलाडी अरुणलाललाई बज्रशंख, व्यवसायी बलराम साहलाई ब्रजशंख, पत्रकार विरेन्द्र रमणलाई सोटाचन्थ, कवित्री किरण झा रश्मीलाई टुनमुसरी, र मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साहलाई बज्रकिट रहेका छन् ।

सबै मुर्खउपाधी पाउनेहरुलाई भिन्डी, भान्टा, आलु, खुर्सानी, केसौर, कटहर सहितको माला लगाएर सम्मान गरिएको थियो ।
सो समारोहमा विभिन्न कवि तथा साहित्यकारहरुले कविता, होली तथा जोगिरा सम्बन्धित प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने मिनापका कलाकारहरुले जोगिरागान सुनाएका थिए ।