मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवद्वारा होलिको शुभकामना व्यक्त – Jaleshwortoday

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवद्वारा होलिको शुभकामना व्यक्त

 २३ फाल्गुन २०७९, मंगलवार २१:३९  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ फाल्गुण

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले सोमबार विज्ञप्ति जारी गर्दै रंग अबीरको पर्व होलीको सु–अवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरुमा आ आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताएका छन् ।

समुदायबीच सद्भाव र मेलमिलाप बढाउने हामीहरुको हरेक चाडपर्व रहेको बताउँदै मुख्यमन्त्री यादवले यस्ता पर्वहरुले समुदायहरुलाई आ आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न पनि अभिप्रेरित गर्ने गरेको बताएका छन् ।

असत्यमाथि सत्यको विजयको रुपमा मनाइने होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद् भावको यस पर्वले मधेश प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस कामनासमेत मुख्यमन्त्री यादवले गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कुमतिको होलीका दहन होस र यहाँहरुको जीवन रसरंगमय, प्रेममय होस र खुशीयालीका साथै आपसी एकता र सद्भाव कायम रही रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’