पत्रकार नवीन चौधरीमाथि साँघातिक आक्रमण,कारबाहीको माँग – Jaleshwortoday

पत्रकार नवीन चौधरीमाथि साँघातिक आक्रमण,कारबाहीको माँग

 २४ फाल्गुन २०७९, बुधबार २३:४८  
tt

 

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ फाल्गुण

नेपाल पत्रकार महासंघका कार्य समिति सदस्य तथा अन्नपूर्ण मिडिया नेटवर्क आन्तर्गतको एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीमाथि महोत्तरीको जलेश्वर नगरपालिका( वडा ५ मा रिपोर्टिङ गरेर फर्किदै गर्दा साघातिक आक्रमण भएको छ ।
मदिरा सेवन गरेका समुहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरि गम्भीर घाइते बनाएको छ । उनको जनकपुरस्थित जानकी हेल्थकेयर सेन्टरमा उपचार भैइरहेको छ । उनको शरिरमा चोटपटक लागेको छ भने टाउकोमा ९ ठाउँमा घाउ लागेको छ । नविनको स्वास्थ्य लाभको कामना विभिन्न सरोकारबाला निकायहरुले गरेका छने । पत्रकार चौधरिलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् भने अन्य फरार छन् । दोषीलाई तुरुन्त पक्राउ गरि प्रहरी प्रशासनसंग कडा कारवाहिको माग विभिन्न संघसंस्थाहरुले गरेका छन् ।