रासस
सप्तरी, २५ फाल्गुण
अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।
राजविराजमा सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया गिरी, सचिवमा देबनारायण यादव, सहसचिवमा प्रभु सेवक यादव र कोषाध्यक्ष दिनेश यादव निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा सप्तकोशी नगरपालिकाका भगवती चौधरी, रामलाल चौधरी, इन्द्रबहादुर कार्की, कञ्चनरुप नगरपालिकाका हरीहर चौधरी, जाहिर हुसेन, शिवचरण मुखिया, विजय चौधरी, डाक्नेश्वरी नगरपालिकाका नारायण महतो, रेखा चौधरी साह, सुरुङ्गा नगरपालिकाका दिनेश बहादुर बुढाथोकी, शिव कुमार चौधरी निर्वाचित हुनु भएको छ । निर्वाचित सदस्यहरूमा बोदे बर्साइन नगरपालिकाका मोहित नारायण यादव, अर्जुन कुमार साह, खडक नगरपालिकाका बबिता कुमारी मण्डल, सुनिता कुमार चौधरी, हरीहर सदा, शम्भुनाथ नगरपालिकाका पुलकित चौधरी, कामेश्वर चौधरी र सुनिता कुमारी चौधरी पनि रहनु भएको छ ।
यस्तै छिन्नमस्ता गाउँपालिकाका सफिद रहमान मन्सुरी, योगेन्द्र प्रसाद शर्मा, राजगढ गाउँपालिकाका विन्देश्वर यादव, अशोक यादव, अग्नीसाइर कृष्ण सवरण गाउँपालिकाका सुकदेव महतो, होम कुमारी घिमिरे, बलानबिहुल गाउँपालिकाका राजकुमार यादव, सुनिता देबी दास, बिष्णुपुर गाउँपालिकाका शिव नारायण यादव तथा तिरहुत गाउँपालिकाका भोलाकुमार मसैता सदस्यमा निर्वाचित हुनु भएको छ ।
कार्यसमिति चयन अघि अधिवेशनको उद्घाटन गर्नु हुँदै नेकपा(एमाले) का पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले किसानको विकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताउनु भयो ।
किसानलाई केन्द्रविन्दुमा राखेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन विगतको एमाले सरकारले अभियाननै चलाएको बताउनु हुँदै प्याकुरेलले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न आग्रह गर्नुभयो । लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको बेला गठबन्धनकारी दलका कारण देशको गरिमा घटने, आर्थिक विनास हुने र अस्थिर राजनीति कायम रहने दिशामा मुलुक पुनः अगाडि बढेको बताउनु भयो ।
महासंघका उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज राम अवतार यादवले भूमिहिन किसानको समस्या समाधान गर्न गठन गरिएको भुमि समस्या समाधान आयोग एमाले सरकार हटनासाथ खारेज गरेर देश पछि धकेलेको आरोप लगाउनुभयो । उहाँले कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आबश्यकता रहेको बताउनु भयो । यादवले किसानलाई स्मार्ट कार्ड वितरण गर्नुपर्ने, किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मुल्य सरकारले तोक्नु पर्ने धारणा राख्नुभयो ।
एमाले प्रदेश कमिटी सदस्य जय प्रकाश ठाकुर, जिल्ला अध्यक्षता राकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद साकिर, महासंघका केन्द्रीय सदस्य रामकुमार साह लगायतकाले कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणमा जोड दिनुभयो ।
ऋखिल नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष राजा राम यादवको अध्यक्षतामा भएको अधिवेशनमा महासंघका केन्द्रीय सदस्यहरू कालि चन्द चौधरी, राधा पासवान, समु खातुन, गोबिन्द बहादुर खत्री, निर्मला चौधरीको उपस्थिती रहेको थियो ।
अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय सदस्य निरन्जन चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । अधिवेशनमा विभिन्न पालिकाबाट छनौट भइ आएका दुई सय जना प्रतिनिधिको सहभागिता रहेको थियो ।