
जलेश्वरटुडे समाचारदाता
धनुषा २९ फाल्गुण
जनकपुरधाममा आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्षमता अभिबृद्धिका लागि महिला धर्मगुरुआमाहरुसँग निरन नेपालले एक कार्यक्रम वीच अन्तरक्रिया गरेका छन् ।
सो कार्यक्रममा महिलाहरु प्रति उच्च सम्मान प्रकट गर्दै निरन नेपालको केन्द्रिय अध्यक्ष भिक्षु पियादसाईले निरन नेपालको परिचय,उद्देश्य,कार्यक्षेत्र र त्यस्तै गरी
अन्तरधार्मिकको अवधारणा तथा महिला गुरु आमाहरुको भूमिका विषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरी अर्काे प्रशिक्षक जेनिसा सुमनले
बालबिवाह,दहेज तथा छुवाछुतकोको कारणहरु तथा त्यसका परिणामहरुका बारेमा जानकारी गराउनु भएको थियो । यी सामाजिक कुरितिहरुलाई नियन्त्रण
गर्नको लागि महिला धार्मिक अगुवाहरुले समेत स्थानिय स्तरबाट निगरानी तथा वकालत गर्नुपर्ने आवश्यकता रहेको निरन नेपालको प्रोग्राम अफिसर आशिष
चौधरीले कार्यक्रमको सहजिकरण गर्दे आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा हिन्दु,ओम शान्ति,ईसाई,मुस्लिम तथा बौद्ध धर्मका धार्मिक महिला
तथा पुरुष अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा के.अध्यक्ष भिक्षु पियादसाईको अध्यक्षतामा ११ सदस्ययी महोत्तरी जिल्ला स्तरीय महिला धार्मिक अगुवाहरुको समिति समेत कायम गरिएको थियो । सो समितिको
अध्यक्षमा सृजना सिंह(इसाई),उपाध्यक्षमा रजिना खातुन(मुस्लिम),सचिवमा बबिता झा(हिन्दु),कोषाध्यक्षमा रिना सिंह(हिन्दु),सल्लाहकार सदस्यमा बिके
दुलारी(ओम शान्ति),सदस्यहरुमा सवाना प्रविण,निशा राउत,गायत्रि साह,शोभा कुमारीलाई मनोयन गरी सफलताको शुभकामना समेत दिइएको थियो । नव कार्य समितिले आफ्नो कार्य योजना समेत प्रस्तुत गरी सहभागिहरुलाई जानकारी
गराउनु भएको थियो । कार्यक्रमको निचोडको रुपमा बालबिबाह,दहेज प्रथा तथा छुवाछुत कानुनी रुपमा गैरकानूनी हो र यसलाई सबै मिलेर रोक्नु पर्छ भनेर सामाजिक जनचेतना फैलाउनु थियो ।