जलेश्वर टुडे राष्ट्रिय दैनिकले ८ औं वर्षको उपलक्ष्यमा गरे बृक्षारोपण – Jaleshwortoday

जलेश्वर टुडे राष्ट्रिय दैनिकले ८ औं वर्षको उपलक्ष्यमा गरे बृक्षारोपण

 २१ कार्तिक २०७७, शुक्रबार १४:२३  
111.jpg

प्रकाशकीय
नेपाल लगायत अहिले विश्व नै कोभिड—१९ कोरोना भाइरसकोे कहरबाट ध्वस्त भइसकेको छ । यस आपतकालबाट मुक्ति पाउँनको लागि विश्व नै आतुुर देखिन्छ । तर समयको चक्र तथा भगवानको महिमाको अगाडी मानवीय शक्ति तुच्छ हुन्छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका देखि सानो देश नेपाल समेतले ठूलो मूल्य चुकाउनु पर्यो । यसमा मानवीय तथा आर्थिक क्षतिको ठूलो सामना गर्नुपर्याे । यस महामारीले मानव समुुदायलाई धेरै कुुरा सिकायो । धेरै कुराहरुमा उथलपुथल आए पनि मानवीय विश्वासको अगाडी केही पनि ठूलो नभएको कारण यो कोरोेना कहर पनि एक दिन अन्त्य हुने हाम्र्रो विश्वास छ । फेरी पनि हाम्र्रो अवस्था पहिले भन्दा राम्र्रो हुने छ भनि आशा गरौं ।

यसै आशाको साथ महोत्तरीबाट संचालित जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिकाले पाठक,पत्रकार,कर्मचारी,विज्ञापनदाता,शुुभेच्छुकहरुको सहयोग तथा शुभाशिर्वादको कारण आज ७ औ वर्ष पार गरी ८ औ वर्षमा प्र्रवेश गरेको सुखद अवसरमा सबैमा म प्रकाशक पवन कुमार साह धन्यवाद ज्ञापन गर्नुका साथै कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

म आफ्नो जिम्मेबारी पहिले भन्दा पनि अझै शसक्त गर्दै आधुनिक रुपमा अगाडी बढ््दै विश्वव्यापिकरणको युगमा जलेश्वर टुडे संचारको पहँुुच नेपालको ७७ औं जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमा पुुर््याउनकोे लागि जलेश्वर टुडे डटकम(अनलाइन) को शुरुवात गरेको छु ।

आशा छ की यस नयाँ सेवालाई तपाईहरुले जलेश्वर टुडे रा.दैनिक पत्रिका झैं माया गर्नु हुुने छ । अन्त्यमा छठ् तथा दीपावलीको मंगलमय शुुभकामना दिदै छिट्टै हामीलाई कोरोनाबाट मुक्ति भेटाओस्् भनि भगवान जलेश्वरनाथसँग प्रार्थना गर्दछौं ।