जनयुद्धका ८ हजार ३७१ सहिदलाई राज्यबाट सम्मान गरिने – Jaleshwortoday

जनयुद्धका ८ हजार ३७१ सहिदलाई राज्यबाट सम्मान गरिने

 ४ चैत्र २०७९, शनिबार २१:४६  
rr

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ४ फाल्गुण

१० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली सरकारले राजपत्रमा प्रकाशित गरेको छ । गृह मन्त्रालयले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको हो । मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको हो । सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । धनुषामा १४० जना रहेका छन् ।