
जलेश्वरटुडे समाचारदाता
सप्तरी, ५ फाल्गुण
सप्तरी प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट १८४ किलो गाँजा बरामद गरेको हो । शनिबार राति ९ बजे घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि प्रहरीले एक राण्ड हवाई फायर गरेका थिए । हवाई फायर गरेपछि अज्ञात समूह भागेपछि गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । गाँजा तस्करहरुको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।