जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ कार्तिक
प्रदेश नं.—२ को अस्थायी राजधानी जनकपुरधामको वडा नं. ४ मा श्री देवअंशी लहेरी स्वजाती समितिद्वारा निर्मित श्री सत्य नारायण भगवान मन्दिरको प्रागंनमा आज जलेश्वर टुडे दैनिक ले एउटा कार्यक्रम वीच बृक्षारोपण गरी आठौं वार्षिकोत्सव मनाएका छन् । कार्यक्रमको शुरुवातमा उपस्थित अतिथिहरु समेत श्री सत्यनारायण भगवानको आरतीमा सहभागी भई पुष्पका गुच्छाहरु अर्पण गरी झ््याली तथा घण्टी बजाई पुजाआजा गर्नुभयो । तत्तपश्चात भगवानको चनाम्र्रीत तथा टिका सहायक बाबा मार्फत ग्रहण गराइयो ।
लगतै कार्यक्रमको औपचारिकतालाई अगाडी बढाउदै जलेश्वर टुडे दैनिकको प्रकाशक तथा सम्पादक पवन कुमार साहले यस पत्रिकाको सानो परिचय दिदै उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत तथा कृतज्ञता व्यक्त गर्नुभयो । सँगै यस अवसरमा अहिले सम्म पत्रिकालाई सघाउने पाठक,पत्रकार, कर्मचारी,विज्ञापनदाता,सल्लाहकार तथा शुभेच्छुकहरु प्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो ।
प्रकाशक साहले प्रकाशकीय पढेर कोरोनाको कहर र मानवीय संयमको बखान गर्दै छठ् तथा दीपावलीको शुभकामना समेत टक्रयाउनुभयो । वहाँले आफ््नो नयाँ सेवा जलेश्वरटुडे डटकमको शुरुवात विश्वव्यापिकरण तथा डिजिटलाइजेसनको मर्मलाई ध्यान दिदैं जलेश्वरटुडे सञ्चारको सेवा नेपालको ७७ औं जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउन को लागि गरेको बताउनुभयो । कोरोना समयको कारण बढी भिडभाड नगरी प्रागंनमै गमलामा विभिन्न फुल तथा शो का विरुवा गरी जम्मा १७ वटा विरुवाहरु पालैपालै अतिथिहरुबाट बृक्षारोपण तथा जल अर्पण गरियो । सिंगरहार—२,गोदाबरी—८,अरहुल—१,करोटन—३,अरकेरिया —१,करविर—१,शोफ्लाबर—१ वटा विरुवाहरु गमला सहित मन्दिरको सौन्दर्यीकरण तथा वातावरणको संरक्षणको लागि मन्दिरलाई नै हस्तान्तरण प्रकाशक साहबाट गरियो ।
पछि सो विरुवाहरुलाई मन्दिरको छतको अगाडी भाग र भुईतल्लाको अगाडी सिढी तल सजाएर राखियो । कार्यक्रममा नव लहेरी कार्यसमितिको ब्यवस्थापक बदामी साह,सल्लाहकार रामदयाल साह,उपाध्यक्ष रमेश साह,सचिव कुन्दन साह,कोषाध्यक्ष सत्रुधन साह,सदस्य वरुण साह,सदस्य राम शतिस साह,सदस्य हरेराम साह,नेपाल प्याब्सन धनुषाको जिल्ला अध्यक्ष विनोद साह,नगर अध्यक्ष पंकज ठाकुर, बरिष्ठ सल्लाहकार ब्र्रजकिशोर यादव,लोकवार्ता परिषद् नेपालको धनुषा जिल्ला संयोजक तथा जलेश्वरटुडे डटकमको कानूनी सल्लाहकार अधिवक्ता कालेश्वर महतो,जलेश्वरटुडे डटकमको आई.टी. सल्लाहकार ई.चन्देश्वर दास,गणेश युवा कमिटिको नि.महासचिव तथा भान्साघरको संचालक शंकर साह,एनएलआईसी से.टिम मेनेजर संतोष कुमार साह,बागबानी परामर्शदाता तथा वरिष्ठ पत्रकार जगत प्रसाद बुढामगर(चिन्तक)को गरिमामय उपस्थिति रहेको थियो ।
भौतिक रुपमा विरुवाहरु,माटो तथा गमला व्यवस्थापनमा जे.पी.बुढामगर,पानी तथा विविध व्यवस्थापनमा हरेराम साह,प्रसाद व्यवस्थापन तथा वितरणमा सहयोगी बाबा र उनको पत्नीले गर्नुभयो ।यो वार्षिकोत्सव प्रत्येक साल कार्तिक २१ गते मनाइने गरिन्छ । यस पत्रिकाले आफनो सेवा २०७० सालदेखि शुरु गरेका थिए ।