दलित ऐन कार्यान्वयन गराउन मधेशका मुख्यमन्त्रीको ध्यानाकर्षण – Jaleshwortoday

दलित ऐन कार्यान्वयन गराउन मधेशका मुख्यमन्त्रीको ध्यानाकर्षण

 ६ चैत्र २०७९, सोमबार २२:३४  
ss

जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ चैत्र

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दलित सशक्तिकण ऐन कार्यान्वयन गर्न आठ वटै जिल्लामा स्थानयि तहको भेला गर्ने तयारी भइरहेको बताएका छन् । प्रादेशिक संवाद समुह जनकपुरले दलित सशक्तिकरण ऐन कार्यान्वयनकलागि बुझाएको ध्यानआकर्षण पत्र बुझदै मुख्यमन्त्री यादवले ऐन कार्यान्वयनकालागि स्थानीय तहका प्रमुख र प्रशासकिय अधिकृतहरुलाई जानकारी गराउन भेला बोलाउने तयारी भइरहेको बताए ।

पहिलो चरणमा भेला र दोश्रो चरणमा पत्रचार गरी सबै स्थानीय तहलाई ऐनमा व्यवस्था भएअनुसार स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठनकालागि पत्रचार गर्ने यादवले बताए । प्रादेशिक संवाद समुहको नेतृत्वमा सोमबार मधेश प्रदेश सरकारले बनाएको दलित शसक्तिकरण ऐन कार्यान्वयनकलागि मुख्यमन्त्री यादवलाई ध्यानआकर्षण पत्र बुझाएको हो । प्रदेश सभाबाट पारित दलित शसक्तिकरण ऐनमा चार प्रकारका समितिहरूको प्रावधान राखिएको भएपनि स्थानी तहले समति गठन नभएको र प्रदेश स्तरीय समिति सक्रिय नरहेकोले समितिहरुलाई सक्रिय बनाउन संवाद समुहले मुख्यमन्त्री ध्यानआकर्षण गराएको हो ।