भन्सार छली गरेर ल्याएको साढे ६ करोडभन्दा बढीको सामान बरामद – Jaleshwortoday

भन्सार छली गरेर ल्याएको साढे ६ करोडभन्दा बढीको सामान बरामद

 ७ चैत्र २०७९, मंगलवार २२:०३  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ चैत्र

मधेश प्रदेश प्रहरीले गत महिना साढे ६ करोडभन्दा बढीको भन्सार छली गरेर ल्याएको सामान बरामद गरेको छ । फागुन महिनामा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट ६ करोड ६८ लाख ३६ हजार ५३६ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।प्रहरीले यस एक महिनामा किराना सामग्री १ करोड ८५ लाख ९४ हजार ९२४, विद्युतीय सामग्री ७ लाख ४५ हजार, सवारी साधन र पाटपूर्जा २ करोड ४७ लाख ३४ हजार ९३० रुपैयाँ बराबरको बरामद गरेको छ । यस्तै, लत्ता कपडा, फेन्सी तथा अन्य सामान २ करोड २६ लाख ४२ हजार ५३२ र चाँदी १ लाख १९ हजार १५० रुपैयाँ बराबरको बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।