जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ चैत्र
जनकपुरधाम सहित देशभर चैते दसैं आजबाट सुरु भएको छ। चैते दसैंका लागि जनकपुरधामस्थित राजदेवी मन्दिरलाई सजाइएको छ भने देवीको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको आउने क्रम सुरु भएको छ।
दसैंको पहिलो दिन आज घटस्थापना गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि दशमीसम्म हर्षोल्लास र धूमधामका साथ दसैं मनाइने गरिन्छ।
यस अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्ति पीठमा भव्य रुपमा पूजा गरिन्छ।