महोत्तरी प्रहरीद्वारा मदिरा भट्टी नष्ट – Jaleshwortoday

महोत्तरी प्रहरीद्वारा मदिरा भट्टी नष्ट

 ९ चैत्र २०७९, बिहीबार २०:२२  
ff

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ चैत्र

महोत्तरीको जलेश्वरमा प्रहरीले तीनवटा अवैध घरेलु मदिरा भट्टी भत्काएको छ ।

जिल्ला प्रहरी कार्यायल महोत्तरीबाट खटेको प्रहरी टोलिले जलेश्वर नगरपालिका २ पासीटोल स्थित लालु पासि ,विरेन्द्र पासि र दिलिप चौधरीको घर पछाडी रहेको मदिरा भ्टटी नष्ट गरेको हो ।

तीनवटै भट्टीमा प्रयोग हुने ड्रम थान १० थान र मदिरा बनाउन प्रयोग हुने २ वटा, कच्चा पदार्थ ४ हजार ५०० लिटर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।