मधेश सरकारको आर्थिक सल्लाहकारमा डा. भोगेन्द्र झा नियुक्त – Jaleshwortoday

मधेश सरकारको आर्थिक सल्लाहकारमा डा. भोगेन्द्र झा नियुक्त

 १० चैत्र २०७९, शुक्रबार १९:५६  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० चैत्र

मधेश प्रदेश सरकारको आर्थिक सल्लाहकारमा अर्थविद् डा. भोगेन्द्र झा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार झालाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाएका हुन् ।

झा यसअघि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा प्रदेश नीति आयोगका उपाध्यक्ष थिए ।