जलेश्वरटुडे समाचारदाता
महोत्तरी,२२ कार्तिक
सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हे. क्वा महोत्तरी को टोली द्वारा मिति २०७७।७।।२१ गते २०ः३० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं ७ स्थित रातु खोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि रहेको अवस्थामा २ वटा जेसिबी र ५ वटा ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति को कार्यलय जलेश्वर मा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे. क्वा का गणपति स.प्र.उ सुरेश सापकोटाले बताउनु भयो ।