नेसपाले चैत्र १६ गते स्व.गजेन्द्र नारायण सिंहको जन्मजयन्ती तथा बैशाख ३ गते पार्टीको स्थापना दिवस मनाउने – Jaleshwortoday

नेसपाले चैत्र १६ गते स्व.गजेन्द्र नारायण सिंहको जन्मजयन्ती तथा बैशाख ३ गते पार्टीको स्थापना दिवस मनाउने

 १२ चैत्र २०७९, आईतवार २२:५३  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ चैत्र

नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालय जनकपुरधाममा शनिबार र आइतबार बसेको कार्यकारिणी समितिको बैठकले चैत्र १६ गते स्व.गजेन्द्र नारायण सिंहको जन्मजयन्ती तथा बैशाख ३ गते पार्टीको स्थापना दिवस तथा नव वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम जनकपुरधाममा मनाउने निर्णय गरेको छ ।

May be an image of 8 people, people sitting, people standing and indoor
केन्द्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा बसेको बैठकमा मधेस प्रदेशको आठ वटै जिल्लाबाट कार्यकारिणी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी योजना सम्बन्धमा विस्तृत छलफल गरिएको थियो । सो बैठकबाटै कार्यकारिणी समितिमा २१ जना (परिमार्जन सहित वरिष्ठ उपाध्यक्षमा सरस्वती कुमारी झा र कोषाध्यक्षमा फुलप्र्रास देवी),संघिय कार्य समितिमा ३१ जना(परिमार्जन सहित),कार्य सम्पादन समितिमा ५ जना(परिमार्जन सहित), वार्ता समितिमा ५ जना (अध्यक्ष बाहेक संयोजकमा रामपृत यादव) सर्वसम्मतले मनोयन गरिएको थियो भने आर्थिक नियमावली तयार गर्ने समितिमा पवन कुमार साह, रविन्द्र कुमार चौधरी,बुधन साह तेलीलाई सर्वसम्मतले चयन गरिएको थियो ।सो बैठकबाट छलफल गर्दा लोकतान्त्रिक मधेसी मोर्चाको २०७९ साल चैत्र ४ गते पारित साझा अवधारणा पत्रको अनुमोदन समेत गरिएको थियो ।

No photo description available.

No photo description available.

No photo description available.