चैते छठको पूर्व सन्ध्यामा अस्ताउदो सूर्यलाई अर्घ दिइयो – Jaleshwortoday

चैते छठको पूर्व सन्ध्यामा अस्ताउदो सूर्यलाई अर्घ दिइयो

 १३ चैत्र २०७९, सोमबार २२:५१  
aa

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १३ चैत्र

लोक आस्था र विश्वासको पर्व चैते छठ्को अवसरमा महोत्तरीको जलेश्वर लगायत मिथिलाञ्चल भरी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
महोत्तरीको जलेश्वर लगायत जिल्ला भरी विभिन्न ठाउँहरुमा ब्रतीहरुले आज अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । त्यसैगरी मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम सहित जिल्ला भरी विभिन्न ठाउँहरुमा अर्घ दिइएको छ ।
भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिइने छ । यसरी सन्तान,पति तथा परिवारको सुख,शान्ति तथा दीर्घायुको लागि मनाइने यो पर्व मिथिलाञ्चलमा कार्तिक र चैत्रमा मनाइने गरिन्छ ।