प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण – Jaleshwortoday

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण

 १४ चैत्र २०७९, मंगलवार २२:२३  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ चैत्र

बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण खुलाएकी छन् । हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू दिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट नभएको उनले बताएकी छन् ।

अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुरा गरिन् । बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिका बस्ने निर्णय, निक जोनससँगको प्रेम सम्बन्ध, पुरुष कलाकारको तुलनामा कम पैसा पाउने जस्ता धेरै विषयमा प्रियंकाले आफ्ना अनुभव बाँडेकी छन् । अभिनयदेखि गायनसम्मको आफ्नो यात्राको बारेमा पनि उनले बताएकी छन् ।

प्रियंकाले त्यतिबेला आफू बलिउडबाट बाहिरिने बाटो खोजिरहेको बताइन् । यस्तो अवस्थामा संगीतकै कारण विश्वका अन्य भाग घुम्ने मौका पाएको उनको अनुभव छ । बलिउडमा आफूले पाएको कामबाट सन्तुष्ट नभएको उनको दाबी छ । ‘यस्तो अवस्थामा गीत गाउने मौका पाएपछि बलिउड छाडेर अमेरिका गएँ,’ उनले भनिन् । सन् २०१२ मा ‘इन माइ सिटी’बाट गायन करिअर सुरु गरेकी प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग विवाह गरिन् र अमेरिकामै बस्न थालिन् । गत वर्ष उनी आमा बनिन् ।