महाेत्तरीकाे विभिन्न नदीहरुकाे अनुगमन – Jaleshwortoday

महाेत्तरीकाे विभिन्न नदीहरुकाे अनुगमन

 २५ कार्तिक २०७७, मंगलवार ००:१२  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी,२४ कार्तिक

महाेत्तरीकाे विभिन्न पालिकाहरुमा रहेकाे नदीहरुकाे अनुगमन आज गरिएकाे छ ।

प्रदेश नम्बर २काे भाैतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र साेनल, महाेतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादव ,प्रदेश सांसद जैनुल राइन, सुरिता साह, समाजवादी पार्टी धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार झा ज्ञानु,जनता समाजवादी पार्टीका युवा नेता एवम् समाजसेवी औरहीका नेता दरेश यादव, साेनमा गाउँपालिकाका अध्यक्ष राज कुमार यादव लगाय विभिन्न स्थानिय तहकाे नेता र स्थानियहरुकाे टाेलिहरुले विभिन्न नदीहरुकाे अनुगमन गरेको छ ।

औरही नगरपालिका वडा नम्बर ४ स्थित कविलसाकाे उत्तरबारी टाेलमा जंगहा खाेलाकाे बाढीले कटान गरि रहेको ठाउँलाई अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम गर्नेलाई कार्वाही गर्ने मन्त्री जितेन्द्र साेनलले बताए । मन्त्री साेनलले मधेशीहरुकाे चाहना र भवना अनुरुप दुवैपार्टी एक भएर यहिले जनता समाजवादी पार्टीको निर्माण भएकाे छ। र अब अरु पार्टीमा कसैलाई नजान आग्रह समेत गर्नुभयो ।

पहिला आफनाे घर नरहेकाेले अरुकाे घरमा बस्थ्याै अब आफनाे स्वयं घर भइसकेकाेले अरुकाे भडाकाे घरमा बस्नु आवश्यक्ता नरहेकाे मन्त्री साेनलले बताए । यहिले मधेशि जनताहरुकाे अधिकार अझै बाँकी रहेकाेले बहुमत पुगाउनकाेलागि आउने चुनाबमा सबै जनताहरुलाई जनता समाजवादी पार्टी नेपालमा मतदिन आग्रह समेत गरिएकाे छ ।

त्यस्तै औरही नगरपालिका वडा नम्बर १ काे औरही नदी निरीक्षण वडा २ काे फुलबरीयामा भई रहेकाे नदी कटानकाे निरीक्षण लगायत वडा नम्बर ३श्रीपुरमा नदीले कटान गरीरहेकाे क्षेत्रलाई समेत अनुगमन गरीएकाे छ ।

साेनमा गाउँपालिकनमा मरहा नदीले कटान गरेकाे विभिन्न स्थानलाई समेत अनुगमन गरि साे ठाउँलाइ तटबन्ध गरि कटान गरीदै आई रहेकाे स्थानलाई बचाउन प्रदेशबाट कार्य गरीने अर्थ मन्त्री साेनलले बताए ।

साेनमा गाउँपालिकाकाे वडा नम्बर ३ खखना रघुनाथपुर, वडा नम्बर १साेनमा र वडा नम्बर २ कन्तवा नदीले कटान गरीएकाे स्थानहरु अनुगमन समेत गरि नदी नियन्त्रण गर्न सहयाेग गरिने सांसद डा सुरेन्द्र कुमार यादवले बताए । उक्त टोल वर्षाै देखि बाढीले कटान गर्दै आई रहेकाे र स्थानीयहरु बाढीबाट प्रभावित भएकोसँगै त्रसित रहेका छन् । त्यस ठाउँहरु मध्ये अरुठाउँहरुमा प्रदेश सरकार कै योजनाबाट तटबन्ध कार्य सुरु गरेको थिए । तर कटान भई रहेको ठाउँभन्दा फरक ठाउँमा तटबन्ध भई रहेको पाएकाे थियो । अहिले आपतकालिन बजेट उपलब्ध गराएर याे समस्यालाई समाधान गर्ने र यही आ.व. बजेट राखी खाेला नियन्त्रण गर्ने छु मन्त्री साेनलले बताए औरही नगरपालिका र साेनमा गाउँपालिकामा रहेका केहि स्थान डुबानमा पर्ने जोखिम रहेकाे देखिन्छ ।

वर्षातकाे समयमा निरन्तर रुपमा भई रहेको अविरल वर्षाको कारण उक्त नदिमा पानीको सतह बढ्दै गएको देखिन्छ । नदिमा पानीको सतह बढ्दै गएपछि स्थानीय वासीहरु त्रसित र भयवित भएका हुँदै आइरहेका छन् ।

 

’दिन त जसोतसो काटेपनि,‘रात काटन ग्राहाे भएको स्थानीयहरुले बताए । रातभरि नै भयवित र त्रसित रहन्छौ, सुत्नपनि सक्दैनौ, कुन बेला नदिको बाढी उछेलर गाउँमा प्रवेश गरि गाउँ नै सखाप गर्ने हो ठेकान छैन ।’ हामी त्रसित अवस्थामा भएपनि यसै गाउँका वडा अध्यक्षले वा नगर प्रमुखले कुनै किसिमका सावधानी अपनाउन चासो नदेखाएको स्थानीयहरुले गुनासो गरे तत्काल खाेला नियन्त्रण नहुदा नगरपालिका र गाउँपालिकावासीहरुलाई समस्या हुने जनता समाजवादी पार्टी कै का युवा नेता एवं समाजसेवी दरेश यादव शिरीष न्युजकर्मी लाई जनाए ।

 

उक्त अनुगमनमा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मंत्री तथा महाेत्तरी क्षेत्र नम्बर ४ काे संघीय सांसद डा. सुरेन्द्र यादव, जनता समाजवादी पार्टी नेताहरु विभिन्न वडाका वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी, संचारकर्मी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।