धनुषाबाट मिटरब्याजीको आरोपमा ३ जना पक्राउ – Jaleshwortoday

धनुषाबाट मिटरब्याजीको आरोपमा ३ जना पक्राउ

 १७ चैत्र २०७९, शुक्रबार २१:४२  
yy

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ चैत्र

 धनुषाबाट मिटरब्याजीको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।