एमालेका मन्त्रीहरुले दिए राजीनामा – Jaleshwortoday

एमालेका मन्त्रीहरुले दिए राजीनामा

 २१ चैत्र २०७९, मंगलवार २१:३८  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ चैत्र

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएका छन् । मंगलबार उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनपछि आफूहरुले राजीनामा बुझाएको राजकुमार लेखीले बताए । मन्त्रीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ। यस्तै, मुख्यमन्त्री यादवले उपनिर्वाचनपछि कांग्रेस, नेकपा एस, लोसपालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने बताए।