मधेश सरकारले २०८० मा ११ दिन अतिरिक्त बिदा दिने – Jaleshwortoday

मधेश सरकारले २०८० मा ११ दिन अतिरिक्त बिदा दिने

 २४ चैत्र २०७९, शुक्रबार २२:५०  
rr

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ चैत्र

मधेस प्रदेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने भएको छ । संघ सरकारले दिने बिदाका अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व थत दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो । मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलि पल्ट र चैत २१ गते राम नवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको हो ।