जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ चैत्र
श्री देवअंशी लहेरी समाजको नयाँ कार्य समितिमा पुरानै समितिको दबदबा कायम रहेको देखिएको छ ।
आज श्री देवअंशी लहेरी समाजद्वारा निर्मित श्री सत्यनारायण भगवानको मन्दिर परिसरमा मन्दिरको वार्षिकोत्सव तथा वार्षिक साधारण सभा सफलता साथ समपपन्न भएको छ । बन्द सत्रमा पुरानो कार्य समितिको कार्यावधि समाप्त
भएकोले नव कार्य समिति गठन गर्नु पर्ने बैधानिकता अनुसार श्री देवअंशी लहेरी समाजको चौरासी स्वजातिको सर्वसहमतिबाट ११ सदस्ययी नव कार्य समिति चयन गरिएको छ । जस अनुसार अध्यक्षमा मुकेश कुमार साह,उपाध्यक्षमा श्याम सुन्दर साह,महासचिवमा पवन कुमार साह, कोषाध्यक्षमा सत्रुधन साह,सचिवमा
कुन्दन साह,सदस्यहरुमा हरे राम साह,राम सतिश साह,बरुण साह,सुजित साह,जुगेश्वर साह र १ जना महिला सदस्य सहित ११ सदस्ययी समिति
सर्वसहमतिबाट गठन गरिएको छ । श्री देवअंशी लहेरी चौरासी स्वजातिले विजयी सम्पूण पदाधिकारीहरुलाई अबिर तथा माला लगाई सफल कार्यकालको शुभकामना समेत दिनु भएका थिए ।