रौतहटको गरुडामा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकारी घाइते – Jaleshwortoday

रौतहटको गरुडामा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकारी घाइते

 ३० चैत्र २०७९, बिहीबार ०१:२०  
gg

जलेश्वरटुडे समाचारदाता
रौतहट, २९ चैत्र

प्रहरीको गोली लागेर रौतहटको गरुडामा एक प्रदर्शनकारी घाइते भएका छन् ।

दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् ।

प्रहरीको गोली लागेर गजेन्द्र घाइते भएको दीपक यादवले बताए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए ।

घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ ।
झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको हो ।