ज्ञान गँगा ईन्टरनेशनल पब्लिक स्कुल नै किन ? – Jaleshwortoday

ज्ञान गँगा ईन्टरनेशनल पब्लिक स्कुल नै किन ?

 २ बैशाख २०८०, शनिबार २३:१५  
Gyan Ganga Logo

जलेश्वरटुडे समाचारदाता
धनुषा, २ बैशाख

मधेस प्रदेशको राजधानी जनकपुरधाम वडा नं.—१२,कुवा,एयर पोर्ट रोडमा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले नयाँ शैक्षिक सत्र—२०८० को भर्ना कार्यक्रम सार्वजनिक गरेका छन् ।
ज्ञान गंगाको प्रधानाध्यापक प्राध्यापक पवन कुमार साहको अनुसार कक्षा पिजिदेखि कक्षा ९ सम्म भर्ना खुल्ला गरिएको बताउनु भएको छ । कक्षा १ देखि कक्षा ९ सम्मका नयाँ विद्यार्थीहरुको लागि चैत्र २६ गतेदेखि नै फाराम वितरण खुल्ला गरिएको छ भने २०८० साल बैशाख ५ गते विहान १० बजे प्रथम प्रवेश परीक्षा लिइने र त्यसको परिणामको बारेमा जानकारी गराउने, अन्तर्वार्ता लिने देखि नामाँकनको काम बैशाख ६ गते नै शुरु गरिने प्र.अ. साहले जानकारी गराउने भयो ।
त्यसैगरी नयाँ तथा पुरानो विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र २०८० को प्रथम कक्षा बैशाख ७ गते बिहिबार विहान १० बजेदेखि संचालन गरिने वहाँले बताउनु भयो । अभिभावकहरुको सपनाको तथा खोजेकै विद्यालय ज्ञान गंगा नै किन हो भने यो विद्यालय दक्ष तथा अनुभवी प्रधानाध्यापकको नेतृत्वमा शहरको भिआईपि क्षेत्र एयरपोर्ट रोड तथा माछापालनदेखि पूर्व शान्त तथा सुन्दर वातारणमा संचालनमा रहेको यस विद्यालयमा प्रत्येक कक्षामा मात्र २५ जना विद्यार्थीहरु राखेर पठनपाठन गर्ने व्यवस्था रहेको छ । यस विद्यालयमा कक्षा पिजिदेखि नै कम्प्यूटर तथा विज्ञान शिक्षाको अनिवार्य अध्यापनको व्यवस्था गरिएको छ । सम्पूर्ण विद्यालय क्षेत्रलाई सिसि टिभीबाट निगरानी गर्ने गरिन्छ । शहरमै नमूना तथा स्वस्थकर होस्टेलको व्यवस्था रहेको यस विद्यालयमा व्यवस्थित कम्प्यूटर ल्याब,विज्ञान प्रयोगशाला, पुस्कालय, वातावरणमैत्री खेल्ने मैदान तथा स्मार्ट कक्षाकोठाको समेत व्यवस्था रहेको दक्ष तथा अनुभवी शिक्षकहरुको सहभागित रहेको छ । समय—समयमा विद्यार्थीहरुलाई शैक्षिक भ्रमण, वनभोज, धार्मिक स्थलहरुको भ्रमण तथा विभिन्न कार्यक्रमहरुमा सहभागि गराई उनीहरुको दक्षता अभिबृद्धि गर्नमा यो विद्यालय तत्पर रहेको देखिन्छ । विद्यार्थीहरुलाई विभिन्न आन्तरिक क्रियाकलाप तथा प्रतिस्पर्धाहरुमा सहभागि गराई उनीहरुको चौतर्फि विकासमा अग्रसर रहेको देखिन्छ । यति मात्र होइन साप्ताहिक रुपमा नृत्य,गायन तथा खेलकुदको समेत दक्ष तथा अनुभवि शिक्षकहरुबाट कक्षा दिने गरेको नृत्य शिक्षक डिआई शिक्षक सृजना झाले जानकारी गराउनु भयो ।
अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई समय—समयमा पुरस्कार, कप, म्याडल, मायाको चिनो तथा प्रशंसा पत्रले सम्मानित गर्ने एक मात्र शहरको संतुलित तथा सस्तो विद्यालय ज्ञान गंगा रहेको सरकारी शिक्षण पेशाबाट निबृत्त वरिष्ठ शिक्षक सरोज झाले बताउनु भयो । यस विद्यालयले शहरभित्र तथा शहर बाहिरको विद्यार्थीहरुलाई सहजै ल्याउन वसको समेत व्यवस्था गरेको सरकारी सेवाबाट निवृत्त विवेकानन्द झाले जानकारी गराउनु भयो । शहरको एक मात्र यो विद्यालय हो जसले आफ्नो विद्यार्थीहरुको रचना तथा लेखलाई आफ्नै संचार माध्यम जलेश्वर टुडे दैनिक तथा अनलाईनमा प्रकाशित गर्न सक्षम रहेको देखिन्छ । यति मात्र होइन यस विद्यालयले विगत ३ वर्षदेखि दिल्लीबाट कथक नृत्य शिक्षकलाई आफ्नो विद्यालयमा आमन्त्रित गरी विद्यार्थीहरुलाई हिपप मात्र होइन की सास्त्रीय नृत्यको समेत तालिम दिइरहेको जनकपुरधाम तथा सम्पूर्ण मिथिलाबासीको लागि गर्वको कुरा रहेको छ । स्वास्थ्य क्षेत्रलाई समेत ध्यान दिई विद्यार्थी तथा स्थानियको लागि स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ ।
यस विद्यालयले थोरै समयमा आफ्नो ब्राण्ड बनाउन सफल रहेकोले विद्यार्थीहरुलाई भोलिको लागि आजै तयार गर्ने कुरामा बढी विश्वास गर्दछन् । अन्त्यमा सिमित विद्यार्थीहरुको लागि मात्र भर्ना खुल्ला गरिएकोले समयमै सम्पर्क गरी अवसरको सदुपयोग गर्न सबै समुदायका विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालय परिवारले आग्रह गरेको छ ।