
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ बैशाख
महोत्तरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको घोराई नगरपालिका बस्ने १९ वर्षीय प्रवीण नेपाली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोमबार सम्सी गाँउपालिका ४ स्थित पासवान टोल जाने भीत्री सडक खण्डमा प्रहरीको गस्ती टोलिले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको नेपालीलाई संकाको आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार युवकको साथबाट नोर्फिन १०० एम्पुल, फेनार्गन( १९५ एम्पुल, नाम नखुलेको ९९ एम्पुल, डाईजेपाम २०२ एम्पुल गरी जम्मा ५९६ एम्पुल लागु औषध र सिरिन्च २ पिस बरामद गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।