प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित – Jaleshwortoday

प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

 ६ बैशाख २०८०, बुधबार २१:५१  
jj

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ बैशाख

महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधमा कमार्चारीहरू आन्दोलित भएका हुन् ।

४ वैशाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उप्रमुख रामदुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोत्तल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ । व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले घटनामा सग्लन व्यक्तिहरु र उप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र संलग्न व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।