दुव्र्यवहार गर्ने अध्यक्ष मण्डलमाथि कारवाहीको माँग – Jaleshwortoday

दुव्र्यवहार गर्ने अध्यक्ष मण्डलमाथि कारवाहीको माँग

 ६ बैशाख २०८०, बुधबार २१:५८  
nn

जलेश्वरटुडे समाचारदाता
सप्तरी, ६ बैशाख

प्रेस चौतारी नेपाल सप्तरी शाखाकाकार्यसमिती सदस्यतथापब्लिक प्रेस दैनिकका प्रकाशक नवीन कुमार यादव माथि भएको दुव्र्यवहारको प्रेस चौतारी सप्तरीले निन्दा गरेको छ ।
समाचार लेखेकै कारण तिलाठी कोइलाडी गाउँपालिकाअध्यक्ष अरुण कुमार मन्डलले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस चौतारी नेपालले दोषीलाई कानूनी दायरामा ल्याउनमाँग गरेको छ ।
प््िरेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पद धारण गरेको ब्यक्तिबाट सार्वजनिक स्थानमा पत्रकारलाई धाकधम्की दिनुलाई सिङ्गो सञ्चार जगतलाई दबाउन खोजेको रुपमा लिएको उल्लेख छ । विज्ञप्तिमा सञ्चार र सञ्चारकर्मीको काम,कर्तब्यतथामान मर्यदालाई ख्यालनगरी अध्यक्ष मण्डलले पत्रकारलाई“किन समाचार लेखेको ? कस्लाई सोधेर लेखेको ?”भन्दै अस्लिल शब्द प्रयोग गरेर तथा नामगाली गरेको बताइएको छ ।
राजविराजबाट नियमित प्रकाशन हुँदै आएको पब्लिक प्रेस दैनिकको बैशाख २ गतेको अंकमा“पटक पटकको ग्याङ्ग फाइट्ले स्थानिय आजित”शिर्षकको समाचार प्रकाशन भएको थियो । सोही विषयलाई लिएर पत्रकार यदवलाई अध्यक्ष मण्डलले बोलाएर सार्वजनिक स्थानमा धम्क्याएकाथिए ।
सञ्चार र सञ्चारकर्मीलाई जे गरेपनि हुन्छ भन्ने सोचाइबाटग्रसित देखिएका अध्यक्ष मण्डललाई कानूनी दायरामा ल्याउन अध्यक्ष राईले सम्बन्धितपक्षसङ्गआग्रहगर्नुभएको छ । विज्ञप्तिमा नेपालपत्रकार महासंघ सप्तरी शाखाले दोषीलाईपक्राउ गराएर पिडितलाई उचित न्याय दिलाउन आवश्यक पहलका लागि अनुरोध समेत गरिएको छ ।