बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड – Jaleshwortoday

बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड

 ८ बैशाख २०८०, शुक्रबार २३:४०  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ बैशाख

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालान तोडफोड भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरका ६० वर्षीय रामबाबु साहको शुक्रबार दिउँसो मृत्यु भएपछि मृतक परिवारले तोडफोड गरेका हुन् । उपचारमा हेलचक्र्याई गर्दा मृत्यु भएको भन्दै आफन्तजनले तोडफोड गरेका छन् । सामान्य अवस्थामा भर्ना भएका बिरामीको समयमा चिकित्सकले उपचार नगर्दा बुबाको मत्यु भएको छोरा कृष्णा साहको आरोप छ । ‘बिहान छाती दुखेपछि बुबालाई उपचारका लागि अस्पताल लगेका थियौं । ,’ मृतकका छोरा कृष्णाले भने, ‘ उपचारका लागि डाक्टरलाई पटक–पटक बोलाउँदा आएनन् । दिउँसो बुबाको मृत्यु भयो ।’ चिकित्सकहरुसँग उपचारका लागि एक घण्टासम्म गुहार लगाएपनि कसैले नसुनेको र बुवाको ज्यान गएको उनको आरोप छ । अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको उपचारमा कुनै हेलचक्र्याइ नभएको दावी गरे । गम्भीर अवस्थामा पनि आफै शौचालय जाने आउने गरेका कारण लडेर मृत्यु भएको चिकित्सक यादवको भनाइ छ ।
बिरामीको मृत्यु पश्चात अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरु रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरुलाई ३ घण्टापश्चात् रिहा गरिएको छ । मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।