मटिहानीमा आगलागी हुँदा १० घर जलेर नष्ट – Jaleshwortoday

मटिहानीमा आगलागी हुँदा १० घर जलेर नष्ट

 १० बैशाख २०८०, आईतवार २३:१२  
ff

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० बैशाख

महोत्तरीको सीमावर्ती नगरपालिका मटिहानी –६ स्थित जरहलवा टोलको घनावस्तिमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ ।

प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आइतवार दिउँसो स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २० लाख मूल्य बराबरको क्षति भएको छ । आगोले घर लगायत भाँडावर्तन, अन्नपात समेत खरानी पारेकाले आठ वटै परिवार विचल्लीमा छन् ।

मटिहानी नगरपालिमा बारुणयन्त्र नभएका कारण पनि समयमै नियन्त्रण गर्न नसक्दा आगलागीले विकराल रुप लिएको स्थानीयको भनाइ छ ।

घट्नास्थल पुगेको सेना, सशस्त्र, प्रहरी टोली तथा जलेश्वर नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासले २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।