चितवन २ मा रवि लामिछाने पुनः भारी मतान्तरले विजयी – Jaleshwortoday

चितवन २ मा रवि लामिछाने पुनः भारी मतान्तरले विजयी

 १३ बैशाख २०८०, बुधबार ००:३२  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ बैशाख

चितवन निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए ।

लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।