जानकी नवमीमा राष्ट्रिय बिदा दिन सरकारसँग आयोगको माग – Jaleshwortoday

जानकी नवमीमा राष्ट्रिय बिदा दिन सरकारसँग आयोगको माग

 १५ बैशाख २०८०, शुक्रबार २१:३८  
dd

 

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ बैशाख

मधेशी आयोगले जानकी नवमीलाई राष्ट्रिय पर्वको रुपमा घोषित गरी सो दिन राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले शुक्रबार एक विज्ञप्ती निकाल्दै जानकी नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

विज्ञप्तीमा पुर्वीय सनातन धर्मको आधारविन्दु मनु–सतरुपा वंशका २५औँ राजा शिरध्वज विदेह जनकको कृषि कर्म र धर्मको सुखद प्रतिफल सीताको प्राकट्यता भएको उल्लेख गर्दै प्रत्येक बर्ष धवल नवमीका दिन विदेह–मिथिला भु–खण्डमा धुमधाम र हर्षोल्लासका साथ जानकी नवमी मनाइने भएकोले सार्वजनिक बिदा दिन माग गरिएको छ ।
आयोगले राष्ट्रिय विभुति एउटा प्रदेशमा किन सिमित ? भन्दै प्रश्नसमेत गरेको छ ।

यस वर्ष वैशाख १६ गतेका दिन जानकी नवमी धुमधाम र भक्तिपूर्ण रुपले मनाउन आयोगले सबैसँग आग्रहसमेत गरेको छ ।