जनकपुरधाममा मधेस प्रदेशमा पैदल अनुसन्धान कितावको बिमोचन गरियो – Jaleshwortoday

जनकपुरधाममा मधेस प्रदेशमा पैदल अनुसन्धान कितावको बिमोचन गरियो

 १५ बैशाख २०८०, शुक्रबार २२:५९  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ बैशाख

May be an image of 5 people, dais and text

जनकपुरधाममा मधेस प्रदेश सभाको सभाहलमा एक कार्यक्रम वीच मधेस प्रदेशमा पैदल अनुसन्धान कितावको विमोचन गरिएको छ ।
सो कार्यक्रम मधेस प्रदेशको सभामुख रामचन्द्र मण्डल तथा उपसभामुख बबिता कुमारी राउत इशरको प्रमुख आतिथ्य,बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कुमारी कटुवाल,ठाकुर राम बहुमुखि क्याम्पसको प्रा.डा.बासुदेव लाल दास तथा मधेस प्रदेश सचिव नूरहरि खतिवडाको आतिथ्य तथा मार्टिन चौतारीको आयोजनामा विमोचन कार्यक्रम सँयुक्त रुपमा समपन्न भएको थियो ।

No description available.

सो पुस्तकको सम्पादन सोहन प्रसाद साह तथा देवराज हुमागाई गर्नु भएको छ ।
कार्यक्रममा लेखकहरुको तर्फबाट गुन्जन राय,सुरेन्द्र कुमार कामति,जितेन्द्र कुमार कुशवाहा र ओम प्रकाश रामले आफ्नो मन्तब्य राख्नु भएको थियो । बिमोचित कितावको बारेमा सभामुख मण्डल,प्रा.डा.दास,नगरप्रमुख कटुवाल लगायत दर्जनौ बक्ताहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागि पत्रकार,युवा तथा बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो । अन्त्यमा सभामुख मण्डलले बिमोचित कितावको लेखकहरु तथा अतिथिहरुलाई गमछा ओढाएर सम्मान गर्नु भएको थियो । अनुसन्धानात्मक लेख तथा रचनाहरुको अभ्यास बराबर सुचारु राख्नुपर्ने बक्ताहरुले बताएका थिए ।

May be an image of 3 people, temple and text that says 'मधेश प्रदेशमा पैदल अनुसन्धान सम्पादक सोहन प्रसाद साह देवराज हुमागाई'