जनकपुरमा आज जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइएको छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।
जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको थियो ।
सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका थिए । जानकी मन्दिरले जानकी नवमीको अवसरमा केही औपचारिक धार्मिक कार्यक्रम समेत आयोजन गरेको यियो।
जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्षका अनुसार आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रमको आयोजना गरिएको थियो ।