जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ बैशाख
अनाधिकृत व्यक्तिहरु अनुगमनको नाममा निजि विद्यालयमा पुगे सुरक्षा निकायको सहयोग लिनु मधेस प्याब्सन,प्याब्सन तथा नेपाल प्याब्सनका सदस्यहरुलाई जानकारी गराउनु भएको छ ।
बैशाख १७ गते आइतबारदेखि अनाधिकृत रुपमा कथाकथित निजि विद्यालयका संचालकहरुले अन्य निजि विद्यालयहरुलाई अनुगमन गर्ने तथा डर त्रास सहित दुव्र्यवहार गर्ने कार्य आफूहरुले अनुमति नदिएको जनकपुरधाम
उपमहानगरपालिकाको शिक्षा प्रमुख अन्जु पाण्डेयले समेत उपस्थित मधेस प्याब्सन,प्याब्सन तथा नेपाल प्याब्सनका सदस्यहरुलाई जानकारी गराउनु भयो । त्यसैगरी धनुषा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले समेत यस्ता अनुगमनको कार्य एउटा विद्यालयका संचालकले अन्य विद्यालयलाई अनुगमन गर्न पाइदैन । यदि यस्तो भएको छ भने ती व्यक्तिहरुलाई कारबाही हुने समेत प्रतिबद्धता दिनु भयो ।
मधेस प्याब्सन,प्याब्सन र नेपाल प्याब्सनले सन्युक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर,शिक्षा प्रमुख र धनुषा सहायक प्रमुख जिल्ला
अधिकारीलाई भेटि शान्ति सुरक्षा कायम गराई दिन तथा अनाधिकृत अनुगमन रोकि सहज रुपमा विद्यालय संचालन गर्ने वातावरण बनाई दिनहुन अनुरोध सहित जानकारी गराए थिए।