घुस रकमसहित महोत्तरीमा कार्यरत नेपाल प्रहरीका सई पक्राउ – Jaleshwortoday

घुस रकमसहित महोत्तरीमा कार्यरत नेपाल प्रहरीका सई पक्राउ

 २२ बैशाख २०८०, शुक्रबार २३:०४  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ बैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा कार्यरत्त रहेका नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो काठमाडौंको नयाँबानेश्‍वरबाट पक्राउ गरेको छ ।

अख्तियार स्रोतका अनुसार सई विष्ट घुस रकम बुझ्‍नकै लागि महोत्तरीबाट काठमाडौं गएको देखिएको छ ।