दीपावलीको हार्दिक शुभकामना – Jaleshwortoday

दीपावलीको हार्दिक शुभकामना

 २९ कार्तिक २०७७, शनिबार ०९:२७  
Laxmi

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ कार्तिक

दीपावली हिन्दूहरुको महत्वपूर्ण पर्वहरु मध्ये एक हो । धन,ऐश्वर्य तथा सम्पति प्रात्तिको लागि माता लक्ष्मीलाई विधिवत रुपमा यस दिन पुजाआजा गर्ने गरिन्छ । तराई मधेस लगायत सम्पूर्ण मिथिलाञ्चल तथा विदेशमा समेत यस उपवास बसेर माता लक्ष्मी तथा कुबेर को विशेष रुपमा पुजाआजा गरिन्छ । व्यवसायीहरु लक्ष्मी पुजाको एक दिन अगाबै धनतेरसदेखि नै विधिपूर्वक मूर्ति स्थापना गरी पुजाआजा गर्न थाल्छन् । वास्तवमा मानवीय जिवन धन विना निराधार हुन्छन् । हुनत बौद्धिकवर्गले धनलाई त्यति महत्व दिदैनन् तर धन पनि आवश्यक हुन्छ मानवीय विकास तथा समाज परिवर्तनको लागि भनी अन्य विद्वानहरुका राय छन् । मिथिलाञ्चलमा यस पर्वको रौनकता तथा महत्व अपार हुन्छन् । लक्ष्मी माताको आगमनलाई सवै हिन्दु मानव जातिले भव्यता प्रदान गर्दछन् । लक्ष्मी माता भगवान विष्णुको अर्धागंनी भएको कारण यस  दिन वहाँको समेत पुजा गरिन्छ । यस दिन नयाँ वस्त्र लगाउने तथा वरिपरी सफा राख्ने चलन छ । घरहरु झिलिमिली देखिन्छन् । यस वर्षको दीपावली धनमय होस् भनी हार्दिक मंगल कामना गर्दछौं ।