
जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ बैशाख
जनकपुरधाममा बुद्ध जयन्तिको अवसरमा शुक्रबार ग्यालैक्सी उच्च मा.वि.द्वारा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
यस विद्यालयको संस्थापक तथा प्रधानाध्यापक अमरेन्द्र झाले भगवान गौतम बुद्धको जन्म जयन्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुका साथै आफ्नो विद्यालयमा नृत्य,गायन तथा पुरस्कार
वितरण कार्यक्रमहरुको आयोजना गर्नु भएको जानकारी गराउनु भयो । संस्थापक झाले जनकपुरधामको बजरंग चौकदेखि पश्चिमपट्टी बालमिकि नगर जाने बाटोमा अवस्थित ग्यालैक्सी उच्च मा.वि.मा कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्म कक्षा संचालन गरेको समेत जानकारी गराउनु भयो ।
साथै सो अवसरमा जनकपुरधामका अन्य विद्यालयहरु तथा विभिन्न संघसंस्थाहरुले बुद्ध जयन्ति विभिन्न कार्यक्रमहरु गरी मनाएका थिए ।