जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ बैशाख
जनकपुरधाम उपमहागरपालिकाको शिक्षा शाखाले मंगलबार जनकपुरधाममा संचालित मात्र २ विद्यालयलाई अनुगमनको मर्यादालाई पार गरी लक्षित गरेर बदनियतपूर्ण तरिकाले विद्यालयको चरित्र हत्या हुने गरी अनुगमन गरेको खुलेको छ ।
कुवा बजारको उत्तरपट्टि मोनालिसा ईग्लिस बोर्डिंग स्कुल र दक्षिणपट्टि ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल रहेको छ । साथै ज्ञान गंगा विद्यालयदेखि झन् दक्षिणपट्टि एयर वेयज बोर्डिंग स्कुल र झन दक्षिणपट्टि अक्सफोर्ड बोर्डिंग स्कुल संचालित छन् । अनुगमन टोलिले यदि वडा नं.— १२ कै विद्यालयहरु अनुगमन गर्ने हो भने शुरुमा पर्ने मोनालिसामा अनुगमन गर्नु पर्दछ । त्यसपछि दोस्रोमा ज्ञान गंगा,तेस्रोमा एयर वेयज र चौथोमा अक्सफोर्ड ईंग्लिस बोर्डिंग स्कुल अनुगमन हुनुपर्दछ । तर वास्तविक व्यवहारिकता तथा अनुगमनको आचारसंहिता पालना नै नगरिकन लक्षित गरी विद्यालय भर्नाका बेला बदनाम तथा चरित्र हत्या हुने गरी मात्र ज्ञान गंगा र अक्सफोर्ड विद्यालयको अनुगमन प्रति वडा नं.—१२ कुवाको युवा समाजसेवि तथा कुपेश्वरनाथ महादेव मन्दिरको अध्यक्ष दिलिप दासले उपमहानगरको शिक्षा प्रमुख अन्जु पाण्डेयको यो बेइमानीपूर्ण चरित्रको घोर निन्दा गर्नु भएको छ । वहाँले अनुगमनको पनि नियम कानुन हुन्छ तर मनपरी कसैलाई छोडने र कसैलाई टार्गेट बनाउनु गैरकानुनी रहेको बताउनु भयो । साथै यस्तो बेइमानीपूर्ण तरिकाले फेरी अनुगमन भए त्यतिबेला उपमहानगरलाई घेराउ गर्ने चेतावनी समेत दिनु भयो । यस अघि बैशाख १८ गते उपमहानगरपालिकाकै आदेश अनुसार एक पटक ज्ञान गंगा विद्यालयको अनुगमन भई सकेपछि दोस्रो पटक पनि मात्र त्यहि विद्यालयलाई अनुगमन गर्नु आफ्नो व्यक्तिगत रिसिभी साधन यो गलत प्रचार प्रचार गरेको आरोप समेत वहाँले लगाउनु भयो । झन वहाँले उपमहानगरको उत्तरपट्टि नजिकै रहेको मोनाष्टिक,मिथिला मन्टेशरी लगायतका विद्यालयहरुबाट अनुगमन नगरी मात्र सानो विद्यालयलाई सुधारको प्रक्रियामा नलगी लक्षित गरेर बन्द गराउन खोज्नु बेरोजगारी समस्या बढाउन खोजेकोले हामी चुप नरहने त्यही विद्यालयको शिक्षक सर्वजित यादवले बताउनुभयो ।
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल २०७४ साल माघको सरस्वती पुजादेखि संचालन भएको हो । यस अघि २०७४ सालमा पुस २४ गते र २०७५ सालमा माघ २९ गते लगातार २ वर्षसम्म दस्तुर तिरी अनुमतिको लागि निवेदन दर्ता गराएका थिए । त्यस बखत जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ को वडाध्यक्ष शत्रुधन यादवले २०७५ साल बैशाख ३ गते चलानी नं.— ५०७/०७४/०७५ अनुसार अनुमतिको लागि परेको निवेदनलाई सिफारीस गरी सो पत्र सोहि दिन आधारभूत विद्यालय संचालन गर्ने सिफारिस उपमहानगरपालिकाको कार्यालय अन्तर्गत रहेको प्रमुख प्रशासकिय अधिकृतले शिक्षा शाखाको शाखा अधिकृत अन्जु पाण्डेयलाई छलफल गरी अनुमति दिने निर्देशन दिए पनि विभिन्न आलटाल गरी अहिलेसम्म अनुमति नदिएको आरोप संचालक साहले लगाउनु भयो । त्यसैगरी त्यही वर्ष मुरली चौकमा रहेको बचपन स्कुललाई अनुमति दिएको र आफूले हामीलाई अनुगमन गरी सके पनि किन अनुमति पत्र नदिएको भनी प्रश्न गर्दा सडकबाट तपाई विद्यालयको सिढी अलि माथि रहेको बताउनु भयो । तर बुझ्ने पर्ने कुरा के छ भने सिढी प्राय सडकबाट माथि नै हुने गर्दछ । अनुमति दिने बेलामा आलटाल गर्ने र अनुगमनको बेलामा जे मन लाग्यो त्यही गर्ने परिपाटी ठीक नरहेर्को नेपाल प्याव्सनको नगर सचिव समेत रहनु भएको संचालक साहले आरोप लगाउनु भयो ।
शिशु कक्षाको अनुमतिको लागि आफू प्रतिक्षारत रहेको त्यसपछि २०७७ सालदेखि आफूले काठमाडौं कम्पनी रजिष्ट्रारको कार्यालयमा ज्ञान गंगा आई.पि.एस.एण्ड ट्रेनिंग सेन्टरको नामले दर्ता नं.२५२९२२ तहत विद्यालय तथा पठनपाठन सम्बन्धी सबै काम गर्ने उद्देश्य राखी काम गर्न थालेको संस्थापक साहले बताउनु भयो ।
यी सबै प्रमाणपत्रहरु भए पनि सत्य तथ्य नबुझि मानव अधिकार र नेपालको संविधानको धारा ३१ को उपधारा ५ बमोजिम विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने नागरिक हकलाई समेत बेवास्ता गरी कानुनलाई मिचि पटक—पटक बदनाम र चरित्र हत्या हुने गरी यस संस्थामाथि गरिएको प्रहारलाई कानुन बमोजिम नै अव जवाफ दिने संचालक साहले जानकारी गराउनु भयो ।
जनकपुरधाम उपमहानगर भित्र संचालित नयाँ विद्यालयहरुको दर्ता तथा पुरानो विद्यालयहरुको ग्रेड बृद्धिलाई रोकी जनकपुरधामको शिक्षा व्यवस्थालाई कमजोर बनाउने शिक्षा शाखा प्रमुख अन्जु पाण्डेयलाई सम्बन्धीत निकायसँग कारबाहीको समेत माँग संचालक तथा नेपाल प्याब्सनको सचिव साह गर्नु भएको छ । धनुषा जिल्लाको कुनै पनि पालिकामा सहजै निजि विद्यालय संचालन तथा ग्रेड बृद्धि गरिए पनि मात्र जनकपुरधाम उपमहानगरमा दर्ता र ग्रेड बृद्धिमा जटिलता थपेकोले सयौं निजि विद्यालयका संचालकहरु शिक्षा प्रमुख अन्जु पाण्डेयसँग असन्तुष्ट रहेको नेपाल प्याब्सनको जिल्ला अध्यक्ष विनोद यादवले बताउनुभयो । संचालक साहले आफू प्रक्रिया र नियम संगत भए पनि विभिन्न बहाना बनाएर अनुगमनको नाउँमा पटक—पटक मानहानी गरेकोले सम्बन्धीत सरोकारबालाहरुसँग सहयोग र रक्षाको लागि गुहारेका छन् ।
स्मरण रहोस् २०८० साल बैशाख १८ गते सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नं.—१२ मा संचालित मुख्य ४ वटा निजि विद्यालयहरु मोनालिसा ईग्लिस बोर्डिंग स्कुल,ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल,एयर वेयज ईग्लिस बोर्डिंग स्कुल तथा अक्सफोर्ड ईग्लिस बोर्डिंग स्कुल मध्ये मात्र ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुललाई सरकारी विदाको दिनमा समेत शिक्षा प्रमुख अन्जु पाण्डेयले केहि निजि विद्यालयका संचालकहरुलाई पठाएर विद्यालयको संचालक तथा प्रधानाध्यापक पवन कुमार साह,शिक्षक तथा विद्यार्थीहरुलाई समेत डर त्रास देखाई दुव्र्यहार समेत गराएको जानकारी संचालक साहले गराउनुभयो । जवकी नेपालको संविधानले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको हो ।
अनुगमन गर्नु भन्दा अगाडी निजि विद्यालयका सबै संगठनहरुका प्रतिनिधि राखी अनुगमनको रुपरेखा तयार गरी विस्तृत छलफलबाट प्रतिनिधि राखेर अनुगमन गर्ने आश्वासन दिए पनि शिक्षा शाखा प्रमुख अन्जु पाण्डेय तथा जनकपुरधाम उपमहानगरको मेयर मनोज साहले सर्वपक्षिय बैठक नै बसी मात्र एनप्याब्सनको अध्यक्ष अबधेस तिवारीलाई अनुगमनमा राखेकोले मधेस प्याब्सन,प्याब्सन तथा नेपाल प्याब्सनले सँयुक्त रुपमा आपति जनाएका छन् ।