नयाँ शीराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड – Jaleshwortoday

नयाँ शीराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

 ४ जेष्ठ २०८०, बिहीबार २२:३४  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ४ जेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचइडले विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका छन्।

बिहीबार संसद बैठकमा स्वतन्त्र सांसद प्रभु साहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गौरहत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताए ।

‘म चाही के पक्षमा छु भने विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीरबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरहत्याकाण्ड केस होस् चाहे त्यो भयानक दरबार हत्याकाण्ड होस्’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले ती हत्याकाण्डहरू बिर्साउने कोशिस भइरहेको भन्दै त्यसमा सबै गम्भीर हुनुपर्ने बताए।

यस्तै, प्रधानमन्त्री प्रचण्डले मदन आश्रितको बारेमा नयाँ शीराबाट छानबिन हुनुपर्ने समेत बताए। त्यसका लागि सबैजना एकजुट भइ गम्भीर विचारविमर्श आवश्यक रहेको उनको भनाइ छ।