
जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ जेष्ठ
जनकपुरधामको वडा नं.४ कटैया चौरी,सरस्वती नगरमा संचालित तिरहुत हाई स्कुलको वास्तविक संचालकको नाममा रविन्द्र कुमार चौधरी नरहेको समाचार खुल्न आएको छ ।
तिरहुत हाई स्कुल मेरो पत्नी विणा कर्णको नामले दर्ता रहेको शिक्षा सेवाबाट निबृत्त अशोक कुमार कर्णले बताउनु भएको छ । कर्णले आफूले करिब ७ वर्ष अगाडी महोत्तरीको बासोपट्टी निवासी रविन्द्र कुमार चौधरीसँग जनकपुरधाम वडा नं.—११ को देवीचौकको नजिकमा संचालित तिरहुत हाई स्कुलको विक्रीनामा कागज मात्र गरेको र त्यतिबेला करिब २२ लाखमा कक्षा १ देखि कक्षा १० सम्मको विद्यालय बेच्ने लिखित कुरा भए पनि पटक पटक गरेर धेरै कष्टपछि अहिलेसम्म मात्र लगभग १० लाख प्राप्त गरेको र बाँकी रकम अहिलेसम्म प्राप्त नगरेको बताउनु भयो । वीचमा १० लाखको चेक डा.राजेश साहबाट प्राप्त भए पनि कागज रविन्द्र कुमार चौधरीको नाउँमा गराएको र पछि सो चेक लिएर बैकमा भजाउन जाँदा नभजेको र आफूले सो चेक बाउन्स गराउन नसकेको बताउनु भयो । अहिलेसम्म जतिसुकै प्रयास गरे पनि बाँकी रकम दिन आनाकानी तथा धाकधम्की दिई रहेको दुखेसो कर्णले व्यक्त गर्नु भयो । यस वीचमा चौधरीले विभिन्न व्यक्तिहरुमध्ये सुरेश सिंह,ललन सिंह,डा.राजेश साह,प्रतिभा साह,राम पदारथ साह,राज साह लगायतका धेरै व्यक्तिहरुलाई प्रभावमा पारी अंशियारको रुपमा सो विद्यालयमा जोडेर अल्झाएर राखेको कुरा आफूलाई थाहा लागेको कर्णले बताउनु भयो । कर्णले शिक्षा कार्यालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा विद्यालयको संचालकको रुपमा अहिलेसम्म मेरो पत्नी विणा कर्णको नाउँ रहेको दाबि गर्नु भयो । साथै कर्णले सो विद्यालयको वास्तविक संचालक को हो भन्ने सत्य कुरा छानविन गरी सत्य तथ्य पत्ता लगाई आफ्नो बाँकी बक्यौता रकम असुल गराईदिन हुन सम्बन्धीत सरोकारबालाहरुसँग जोडदार माँग गर्नु भयो ।
अर्काेतर्फ सो विद्यालयको अंशियार रहेको जिल्ला धनुषा अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका वडा नं.४ सपही निवासी राम पदारथ साहले आफू कुल शेयर ७० लाखको १५ प्रतिशत मात्र अंशियार रहेको र तिर्नुपर्ने रकम १० लाख ५० हजार भए पनि मबाट करिब २५ लाख विद्यालयको थप सहयोगको रुपमा रविन्द्र कुमार चौधरीले लिएको बताउनु भयो । सो रकम चौधरीले विद्यालय व्यवस्थापनमा नलगाई आफ्नो व्यक्तिगत काममा खर्चेको र आफू सो रकम बैक तथा गाउँबाट ऋण लिई लगानी गरेको तथ्य जानकारी गराउनु भयो । सो ऋण रकम बढेर ६० लाख भन्दा बढी पुेगेको र चौधरीबाट अहिलेसम्म मात्र १८ लाख फिर्ता पाएको अंशियार साहले बताए । बाँकी रकम कहिले पाउँने कुनै आशा नरहेको र यता बैकको ताकेता रहेकोले आफू ज्यादै समस्यामा रहेको अंशियार साहले बताउनु भयो ।
अर्काे अंशियार राज साहको नाउँमा १२ लाखको कागज बनेकोले सो असुल उपर गराउन प्रहरीमा उजुरी गर्दा रविन्द्र चौधरीलाई खुट्टामा पट्टी लागेको देखेर प्रहरीले मात्र राज साहलाई समातेर लगेको बताउनु भयो । तर अहिलेसम्म बाँकी रकम न त रविन्द्र चौधरीबाट न त राज साहबाट प्राप्त गरेको अंशियार राम पदारथ साहले बताउनु भयो । साथै वहाँले सो बाँकी बक्यौता रकम शिघ्र असुल उपर गराई दिनको लागि सम्बन्धीत सरोकारबालाहरुसँग विनम्र अनुरोध गर्नु भएको छ ।