चोरीको आरोपमा पक्राउ परेका २७ जना सार्वजनिक – Jaleshwortoday

चोरीको आरोपमा पक्राउ परेका २७ जना सार्वजनिक

 १० जेष्ठ २०८०, बुधबार २३:०८  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० जेष्ठ

धनुषा प्रहरीले चोरीको आरोपमा पक्राउ परेका २७ जनालाई एकै दिन सार्वजनिक गरेको छ ।

जनकपुरधाम लगायत जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयमा ९६ वटा चोरीको मुद्दा दर्ता हुँदा ९७ जना पक्राउ परेका छन् ।

यस्तै चोरीमा पक्राउ परेपनि पीडितले जाहेरी दिन नमानेपछि ३३० वटा अभद्र व्यवहारमा मुद्दा दायर गरिएको प्रवक्ता गौतमले बताए । सो मुद्दामा प्रहरीले ४ सय जनालाई नियन्त्रणमा लिएको हो ।

प्रवक्ता गौतमका अनुसार पक्राउ पर्नेमा अधिकांश १६ वर्षदेखि २५ वर्षसम्मका युवकहरु रहेका छन् ।

लागूऔषधको लतमा रहेका, रोजगारीको अवसरको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवन शैली, साथी संगतको कुलतका कारण चोरी गर्ने गरेको प्रहरीको भनाई छ ।