जलेश्वरटुडे समाचारदाता
रौतहट, ११ जेष्ठ
रौतहटमा गोली हानी एकजनाको हत्या गरिएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका–१ बस्ने ७० वर्षीय शेख तैयबको हत्या भएको हो।
बिहीबार बिहान घरभन्दा एक किलोमिटर पर उनको शव भेटिएको हो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।
तैयबको गोली हानेर हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने उनले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।