
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ जेष्ठ
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ५०१ जना कैदीबन्दीलाई आममाफी तथा कैद मिनाह गरेका छन्।
जसमा १९ जनालाई आममाफी र बाँकीको कैद मिनाह भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले रेशम चौधरीसहित १९ जनालाई आममाफी र ४८२ जनाको कैद मिनाह गरेका हुन्।