सरकारले गाँजा खेतीको अध्ययन गर्ने – Jaleshwortoday

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

 १५ जेष्ठ २०८०, सोमबार २३:०३  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ जेष्ठ

सरकारले गाँजाको औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।

सोमबार संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो ।