नितिशकुमारद्वारा ७ औं पटक बिहारको मुख्यमन्त्रीको शपथ ग्रहण – Jaleshwortoday
नितिशकुमारद्वारा ७ औं पटक बिहारको मुख्यमन्त्रीको शपथ ग्रहण
१ मंसिर २०७७, सोमबार १९:१७
जलेश्वरटुडे समाचारदाता
भारत, १ मंसिर
जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो । नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् । उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ । यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।