
जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ जेष्ठ
अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ । भोलिदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् । जेठ २९ देखि २६ गतेसम्मकमा लागि विद्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ ।