जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १९ जेष्ठ
अत्यधिक गर्मीका कारण तराई मधेसको जनजिवन खराब हुदै गए पछि जलेश्वर नगरपालिकाले नगरभित्र संचालित सम्पूर्ण सरकारी तथा नीजि विद्यालयहरु ६ दिनको लागि बन्द गर्न निर्देशन दिएको छ ।
जलेश्वर नगर कार्यपालिकाको १८ गते बिहिबार बसेको बैठकले अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेष्ठ २१ गते आइतबारदेखि जेष्ठ २६ गते शुक्रबारसम्म ६ दिनको लागि वर्षे बिदाबाट काट्ने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु प्रशासनिक कार्यबाहेक बन्द राख्न प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले जानकारी
गराए ।
गर्मीको कारण विद्यालयहरु बन्द भईरहेको समयमा सोनमा गाउँपालिकाले जेष्ठ २१ देखि २५ सम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत संतोष कुमार मिश्रले सो अवधि भरी विहान ९ः३० पछि मात्र बिदा गर्न सबै विद्यालयहरुलाई लिखित जानकारी गराएका छन् ।