नेपालमा सबैभन्दा बढीको मातृभाषा नेपाली, दोश्रोमा मैथिली – Jaleshwortoday

नेपालमा सबैभन्दा बढीको मातृभाषा नेपाली, दोश्रोमा मैथिली

 २० जेष्ठ २०८०, शनिबार २२:५५  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० जेष्ठ

नेपालमा झण्डै ४५ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४४.८६ प्रतिशत मातृभाषा नेपाली छ । जसअनुसार नेपालको कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या मध्ये १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।

नेपालीपछि दोश्रोमा मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।

त्यस्तै भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।

जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् ।

सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ ।